Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

जाम, जेली, जुस र स्याउको चाना बनाउने तालिम सम्पन्न

         ||   8 Views   ||   Published Date : 14th November 2017 |

धमाका संवाददाता
कात्र्तिक २७, दैलेख
स्थानीय स्तरमा प्रर्याप्त रुपमा उत्पादन भई खेर गई रहेका फलफुलको सदुपयोग गर्ने, उत्पादित कृषि वस्तुको स्वरुप परिवर्तन गरि मूल्यमा बृद्धि (मूल्यश्रृखला) गर्ने र सीप विकास मार्फत स्थानीय स्तरमा रोजगारी सृजना गर्ने उद्देश्यका साथ कृषकहरुलाई तालिम प्रदान गरिएको छ ।  तालिमम सहभागीहरुले प्रयोगात्मक रुपमा नै स्याउको चाना, स्याउको जाम, सुन्तलाको जुस र सर्वत तथा जेली तयार पारेका छन् ।  सहयोगीहातहरुको समूह (सहास) नेपालको जीविकोपार्जन सुरक्षाका लागि पर्यावरणीय विकास तथा कृषि जैविक विविधता परियोजना, दैलेखले भैरवी गा.पा., वडा नं. ४ र ५, नौमुले गा.पा., वडा नं. १, ५ र ८, नारायण न.पा., वडा नं. ११ र भगवतीमाई गा.पा., वडा नं. १ का २÷२ गरी जम्मा ११ जनालाई मिति कार्तिक २५ देखि २७ गते सम्म तालिम संचालन गरिएको छ ।


तालिममा सहभागिले हातैले गरेर सिक्न र देख्न पाएकोले तालिम प्रभावकारी भएको बताए ।
गाउँमा खेर जाने नास्पाती, आरु, आंप, केरा, सुन्तला जस्ता फलफूलबाट जुस, जेली र जाम बनाए गाउँमै प्रशस्तै आम्दानी गर्न सक्ने भएकोले यो व्यवसाय संचालनको लागि आवश्यक मेशिन तथा औजारको व्यवस्था गरिदिन सहभागिहरुले माग गरेका छन् ।
गरि परियोजनाका संयोजक देबिन्द्र कार्कीले तालिममा सिकेको सीपलाई व्यवहारमा प्रयोग नगरे लगानीको दुरुपयोग हुने भन्दै सुरुवात गरे सहयोग गर्ने निकाय आफै आउने बताए ।
तालिमको प्रशिक्षण हिमालय फलफूल प्रशोधन उद्योग, कालिकोटका प्रोप्राईटर दलसुर शाहीले गरेका छन् ।

Share This:

Find us on Facebook

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रस्तावित ज्वाला प्रकाशन प्रालिद्वारा प्रकाशित धमाका राष्ट्रिय दैनिकका लागि
वरिष्ठ सल्लाहकारद्वय
हरिहर अधिकारी 'श्यामल' र मधुसुधन गिरी,
संस्थापक सल्लाहकार: नमन शाही,
अतिथि सम्पादक: अमर सुनार,
प्रकाशक/सम्पादक: बिष्णु शर्मा,
कार्यकारी सम्पादक: कविराज वि.सी.
सह सम्पादक: कमल शर्मा

हाम्रो फेसबुक पेज


फोन नं. ०८९-४२०४०३/४२०२२१
मो. ९७४८०२०९७७, ९८४८१४१३१३
ई–मेल: news@dhamakadaily.com, 2dailydhamaka@gmail.com
वेबसाइट: www.dhamakadaily.com