Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

आचार संहितामा गम्भिर हुनपर्ने हो कि ?

         ||   7 Views   ||   Published Date : 13th November 2017 |

एउटा घर परिवार संचालन देखि समाज र मुलुक संचालन गर्न बिभिन्न नीति र नियमहरु निर्माण गरिएको हुन्छ । हरेक समयमा भिन्नभिन्न खालका नीति र नियमहरुले काम गर्ने गरेका हुन्छन् । जव कुनै नीति वा नियम विपरित कार्यहरु गरिन्छन् त्यसपछि समाजमा अराजकता, निराशापूर्ण व्यवहार र नैतिकताको प्रश्न हुँदै त्यसले द्धन्द्धसम्मको रुपमा धारण गर्ने गर्दछ । अहिले मुलुक निर्वाचनको महत्वपूर्ण उत्सवमा होमिएको छ । यस्तो महाउत्सवमा आफुलाई बिजयी बनाउन होमिएका बिभिन्न राजनीति दल, नेता नेतृत्व सबैले सचेत भएर निर्वाचनलाई धाँधलीरहित बनाउनुपर्ने मुख्य आवश्यकता हो ।
निर्वाचनको माहोलमा होमिएका बेला साना तिना कमि कमजोरी सवैका हुने गर्दछन् त्यस्ता कुराहरुलाई जिम्मेवार निकायहरुले पनि सामान्य रुपमै लिएको देखिन्छ तर बिभिन्न पुर्वाग्रह राखेर आचारसहिंता विपरितका कतिपय कार्यहरुले समाजमा झनै नकारात्मक असरहरु पर्न सक्ने देखिन्छ यस्ता बिषयहरुमा निर्वाचनमा होमिएका दलहरु अँझै गम्भिर भएर लाग्नुपर्ने अहिलेको आवश्यकता हो । निर्वाचन अवधिभर आचारसहिंताकाबारेमा राजनीतिक दल, सरकारी कर्मचारी, पत्रकार, उम्मेदवार सवैले आ आफ्ना सिमाहरु भित्र रहेर काम गर्नुपर्ने देखिन्छ ।

Share This:

Find us on Facebook

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रस्तावित ज्वाला प्रकाशन प्रालिद्वारा प्रकाशित धमाका राष्ट्रिय दैनिकका लागि
वरिष्ठ सल्लाहकारद्वय
हरिहर अधिकारी 'श्यामल' र मधुसुधन गिरी,
संस्थापक सल्लाहकार: नमन शाही,
अतिथि सम्पादक: अमर सुनार,
प्रकाशक/सम्पादक: बिष्णु शर्मा,
कार्यकारी सम्पादक: कविराज वि.सी.
सह सम्पादक: कमल शर्मा

हाम्रो फेसबुक पेज


फोन नं. ०८९-४२०४०३/४२०२२१
मो. ९७४८०२०९७७, ९८४८१४१३१३
ई–मेल: news@dhamakadaily.com, 2dailydhamaka@gmail.com
वेबसाइट: www.dhamakadaily.com