Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

राष्ट्रिय जनमोर्चा दैलेखको  घरदैलो अभियान सम्पन्न

         ||   11 Views   ||   Published Date : 13th November 2017 |

 

धमाका संवाददाता

कात्र्तिक २६, दैलेख

राष्ट्रिय जनमोर्चा दैलखेका अध्यक्ष अम्बर बहादुर नेपालीको नेतृत्वमा डुङ्गेश्वर गाउँपालिकाको चुप्रा बजार र माथिल्लो डुङ्गेश्वरमा     घरदैलो चुनाव प्रचार प्रसार अभियान सम्पन्न गरेको छ । घरदैलो अभियानमा अध्यक्ष नेपालीले किसान, महिला, दलित र सर्वहारा वर्गको हितमा सात्ताको नेतृत्वमा पुगेका कुनै पनि पार्टीले अहिलेसम्म काम गर्न नसकेको बताएका छन । प्रतिनिधीसभा र प्रदेशसभाको लागि मंसिर २१ गते हुने निर्वाचनमा राष्ट्रिय जनमोर्चाको चुनाव चिन्हमा आफ्ना     उम्मेदवारहरुलाई मतदाताहरुले मतदान गरी विजयी भएमा राष्ट्रिय जनमोर्चाले युगौंदेखि दमन, उत्पीडन, शोषण र सर्वहारा वर्गको हितमा काम गर्ने बताए ।

घरदैलो अभियामा राष्ट्रिय जनमोर्चा चुनाव परिचालन मुल समिति दैलेखका संयोजक कविराज खत्रीले विगतदेखी अहिलेसम्म जनताले ठुला सपना देखेर अन्य पार्टीहरुलाई विजयी गराए तर उनीहरुले कहिल्यै जनताको हितमा काम गरेनन्, बरु उनीहरुले आफु अनुकलको निर्णय गरी राष्ट्रियतालाई कमजोर बनाउँदै गएको आरोप लगाए । जनताका बीचमा एकता हुन नदिन दिनदिनै प्रतिक्रियावादीहरूले कैयौँ प्रकारको षडयन्त्र गरी भ्रमहरू फैलाउने काम भयो । खास गरेर संविधानमा स्थानीय स्वायत्त शासनलाई मौलिक अधिकारको रूपमा स्वीकार नभएको भन्दैं स्थानीय तहको सम्बन्ध व्यापक जनसमुदायसित हुने र त्यसरी तलैदेखि जनताले जती बढी अधिकारको उपयोग गर्दछन, त्यति नै बढी लोकतन्त्रको जग बलियो हुन्छ, परिवर्तनका संवाहक भन्नेहरुले जनतालाई अधिकार सम्पन्न गराउने प्रयत्न गर्नुपर्ने बेलामा जनतालाई प्राप्त     अधिकारलाई कटौती गर्न लागेको बताएका थिए ।  अभियानमा राष्ट्रिय नजमोर्चा दैलेखका सल्लाकार समितिका अध्यक्ष पुर्णबहादुर शाही र राष्ट्रिय जनमोर्चा जिल्लाकार्य समिति दैलेखका सदस्य पृथ्वी केसी लगाएतको सहभागिता रहेको थियो ।

Share This:

Find us on Facebook

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रस्तावित ज्वाला प्रकाशन प्रालिद्वारा प्रकाशित धमाका राष्ट्रिय दैनिकका लागि
वरिष्ठ सल्लाहकारद्वय
हरिहर अधिकारी 'श्यामल' र मधुसुधन गिरी,
संस्थापक सल्लाहकार: नमन शाही,
अतिथि सम्पादक: अमर सुनार,
प्रकाशक/सम्पादक: बिष्णु शर्मा,
कार्यकारी सम्पादक: कविराज वि.सी.
सह सम्पादक: कमल शर्मा

हाम्रो फेसबुक पेज


फोन नं. ०८९-४२०४०३/४२०२२१
मो. ९७४८०२०९७७, ९८४८१४१३१३
ई–मेल: news@dhamakadaily.com, 2dailydhamaka@gmail.com
वेबसाइट: www.dhamakadaily.com