Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

आचार संहिता विपरीत सरुवा अन्याय भएको भन्दै उजुरी

         ||   12 Views   ||   Published Date : 13th November 2017 |

धमाका संवाददाता
कात्र्तिक २६, दैलेख
निर्वाचन अवधिभर कुनै पनि कर्मचारिलाई सरुवा गर्न नमिल्ने प्रावधान कुल्चेर गुराँस गाउँपालिकाले शिक्षक सरुवा गरेको छ । भगवती प्रा.वि. सल्लेरीडाँडामा कार्यरत शिक्षक भक्तबहादुर शाहीलाई सरुवा गरिएको हो । उनलाई सुर्खेत जिल्लामा पर्ने महाकाली प्रा.वि. रानीमत्तामा अन्तरजिल्ला सरुवा गरिएको छ । आफुलाई कुनै पनि जानकारी नदिएर आचारसहिंता विपरित सुरुवा गरिएको भन्दै पीडित शिक्षकले मुख्य निर्वाचन अधिकृतको कार्यालय दैलेखमा उजुरी दर्ता गराएका छन् ।
निर्वाचन आचारसहिंता मिचेर गुराँस गाउँपालिकाका कार्यकारी अधिकृत भक्तबहादुर मल्लको हस्ताक्षरित पत्र काटेर नियम बिपरित शिक्षकलाई अर्को विद्यालयमा खटाईएको छ । गुँरास गाउँपालिकाको शिक्षा शाखाको २०७४ साल ७ महिना १६ को निर्णय भन्दै उनलाई पत्र थमाईएको छ ।


शिक्षक शाहीले आफुलाई अन्याय भएको बताएका छन् । एक त आचार सहिंता मिचिएको अर्कोतर्फ राजनीतिक रुपमा पनि पुर्वाग्राही भएको भक्तबहादुर शाहीको आरोप छ ।
गाउँ पालिकाले के गर्ने के नगर्ने अधिकार कसलाई कति छ भन्ने कुराको अहिलेसम्म एकिन नभएका बेला शिक्षक सरुवाको यो निर्णयले संघ तथा प्रदेशको चुनावलाई प्रभाव पार्ने उद्देश्य राखिएको बिश्लेषण गरिएको छ ।
जिल्ला शिक्षा कार्यालय दैलेखका जिल्ला शिक्षा अधिकारी बिष्णु अधिकारीले आचारसहिंता बिपरित सुरुवा भएको भन्दै पीडितले उजुरी जिल्ला शिक्षामा दिएको बताए । यसवारे सम्वन्धित निकायहरुसँग छलफल गरेर प्रक्रिया अगाडी बढाईने बताएका छन् ।

Share This:

Find us on Facebook

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रस्तावित ज्वाला प्रकाशन प्रालिद्वारा प्रकाशित धमाका राष्ट्रिय दैनिकका लागि
वरिष्ठ सल्लाहकारद्वय
हरिहर अधिकारी 'श्यामल' र मधुसुधन गिरी,
संस्थापक सल्लाहकार: नमन शाही,
अतिथि सम्पादक: अमर सुनार,
प्रकाशक/सम्पादक: बिष्णु शर्मा,
कार्यकारी सम्पादक: कविराज वि.सी.
सह सम्पादक: कमल शर्मा

हाम्रो फेसबुक पेज


फोन नं. ०८९-४२०४०३/४२०२२१
मो. ९७४८०२०९७७, ९८४८१४१३१३
ई–मेल: news@dhamakadaily.com, 2dailydhamaka@gmail.com
वेबसाइट: www.dhamakadaily.com