Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

स्थानीय भन्छन् ः सुरक्षा व्यारियर भए मानवीय क्षति हुने थिएन्

         ||   65 Views   ||   Published Date : 13th November 2017 |

धमाका संवाददाता
कात्र्तिक २६, दैलेख
कर्णाली राजमार्गमा धेरै दुर्घटना हुन थालेपछि विश्व बंैकले सडक छेउमा १ बर्ष अघिदेखि सेप्टि व्यरियरको अवधारणा ल्यायो । उक्त अवरधारण अनुसार सडक छेउमा फलामको डन्डि र फलामको पाता जोडिन्छ । जसका कारण हरेक सवारी चालकहरुले गति तीव्र पार्न सक्ने अवस्था आउँदैन । किनकी मोड आउने वित्तिकै चालकले सेप्टि व्यरियर देखिहाल्छ, अनि सवारी साधनको गति आफै कम हुँदै आउँछ । लामो समयदेखि दैलेख सुर्खेत र सुर्खेत जुम्ला सडकमा सवारी चलाएका सवारी चालकहरु यसो भन्छन् ।


दैलेख सुर्खेत खण्ड र सुर्खेत तल्लो डुँगेश्वर हुँदै जुम्ला खण्डका केहि साँगुरा सडकहरुमा यसको प्रयोग भएको देखिएपनि जोखिम देखिएका सबै स्थानहरुमा नभएका कारण सामान्य दुर्घटनामा पनि मानवीय क्षती हुने क्रम बढेको छ । एक महिना अघि टूकलाई साईड दिने क्रममा हाएस सडकबाट खस्यो र एकजनाको मृत्यु भयो । पुनः सोहि स्थानमा अर्को हाइस शुक्रवार साँझ दुर्घटना हुँदा ३ जनाले ज्यान गुमाए, १३ जना मध्ये अँझै ८ को अवस्था चिन्ताजक छ । यस्ता दुर्घटनाहरु रोक्नका लागि दैलेख सुर्खेतका सवै स्थानहरुमा सडक सुरक्षा व्यरियर राख्नुपर्ने माग स्थानीयको छ ।
विश्व बैकले जिम्मा लिएका स्थानहरुमा सेप्टि व्यरियर निर्माण गर्ने कार्य सम्पन्न भएको भएपनि अँझै दुर्घटना हुन सक्ने संभावना बोकेका धेरै क्षेत्रहरुमा अभाव भएको सुर्खेत सडक डिभिजनका ईन्जिनियर प्रविन थापाले जानकारी दिएका छन् । सुर्खेत दैलेख सडक खण्डका बिभिन्न जोखिम भएका स्थानहरुमा १६ किलोमिटर क्षेत्रमा सडक सुरक्षा व्यरियर राखिएको थापाले बताएका छन् । सियाकोट र कपासे खण्ड निकै जोखिम क्षेत्र भएपनि त्यहाँ अहिलेसम्म सुरक्षा व्यारियर राखिएको छैन् जिम्मेवार निकायहरु, सरकार र निर्वाचित जनप्रतिनिधिहरुको ध्यान सडक व्यारियरतिर जानुपर्ने देखिएको छ ।

Share This:

Find us on Facebook

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रस्तावित ज्वाला प्रकाशन प्रालिद्वारा प्रकाशित धमाका राष्ट्रिय दैनिकका लागि
वरिष्ठ सल्लाहकारद्वय
हरिहर अधिकारी 'श्यामल' र मधुसुधन गिरी,
संस्थापक सल्लाहकार: नमन शाही,
अतिथि सम्पादक: अमर सुनार,
प्रकाशक/सम्पादक: बिष्णु शर्मा,
कार्यकारी सम्पादक: कविराज वि.सी.
सह सम्पादक: कमल शर्मा

हाम्रो फेसबुक पेज


फोन नं. ०८९-४२०४०३/४२०२२१
मो. ९७४८०२०९७७, ९८४८१४१३१३
ई–मेल: news@dhamakadaily.com, 2dailydhamaka@gmail.com
वेबसाइट: www.dhamakadaily.com