Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

चुनावमा भन्दा मतदातालाई खेतीबारीमा चटारो घरदैलो अभियानमा ब्यस्त छन् उम्मेदवारहरु

         ||   51 Views   ||   Published Date : 13th November 2017 |

कमल शर्मा
कात्र्तिक २६, दैलेख
यहाँका उम्मेदवार अहिले आफ्ना पार्टीका घोषणा पत्र लिएर चुनावी अभियानमा ब्यस्त देखिन्छन । आगामी मंसिर २१ गते हुने प्रदेश सभा र प्रतिनिधी सभाको मिति नजिकिदै जाँदा दलहरु आफ्नो पक्षमा मतदाताहरुलाई प्रभाव पार्ने प्रचार शैली अपनाउदै घोषणा पत्र सहित मत माग्न गाँउ पसेका हुन । यद्यपी नेकपा एमाले र माओवादीको वामगठबन्धन बनाएका छन् भने राप्रपालाई नेपाली काँग्रेसले साथ दिएपछि कसले बाजी पार्ने आकलन गर्न गाह्रो भएको छ । वामगठबन्धनले समूह गतमा प्रदेश र प्रतिनीधी सभाका उम्मेदवार सहितको टोली र लोकतान्त्रिक गठबन्धनका टोली मतदताका मत माग्न गाँउ पसेका छन् । दैलेख ११ स्थानीय तहको निर्वाचनमा आएको मत परिणाम हेर्दा बामगठबन्धन सबै स्थानीय तहमा २ हजार भन्दा मतले अग्र स्थानमा देखिन्छ । दैलेख २०६४ सालमा १ निर्वाचन क्षेत्र जितेको एमालेले २०७० को निर्वाचनमा दैलेखका २ वटै निर्वाचन क्षेत्रमा आफुहरु एक्लै लड्दा विजयी भएको र माओवादी तेस्रो भएको अबस्थामा गठबन्धन हँुदा दैलेखका ४ प्रदेश सभा र २ प्रतिनिधि सभामा सहज जित हासिल गर्ने वामगठबन्धन प्रतिनिधि सभाका उम्मेदवार रबन्द्रि शर्माको दावि छ । क्षेत्र नं. १ को (क) मा माओवादी केन्द्रले पाएको छ भन्ने अन्य प्रदेशको (ख) र निर्वाचन क्षेत्र नं. २ का २ वटै प्रदेश एमालेको भागमा परेको छ ।

लोकतान्त्रिक गठबन्धन भने विगतमा काँग्रेस भित्र आन्तरिक कलह भएको र त्यसको कारण निर्वाचनमा पराजय भोग्नु परेको राप्रपा संग तालमेल पछि निर्वाचन जित्ने दाउमा रहेको छ । क्षेत्र नं. १ मा वामगठबन्धनबाट एमालेका रबिन्द्रराज शर्मा र लोकतान्त्रिक गठबन्धनबाट दिपक शाही चुनावी मैदानमा छन् । दिपक शाही एक महिना अघि स्थानीय तहको निर्वाचनमा आफुले टिकट नपाएपछि एमालेबाट राप्रपामा प्रवेश गरेका थिए । वामगठबन्धनका उम्मेदवार रविन्द्र शर्माले आफु निर्वाचन जितिसकेको दावी गर्दै निर्वाचन आयोगको प्रक्रिया पुरा गर्न लागेको बताए । म ३० वर्ष देखि राजनीतिमा छु । अहिले सम्म कुनै संसदीय क्षेत्रमा प्रवेश नगरेकाले पनि दैलेखी जनताले आफुलाई अत्याधिक मत दिएर पठाउने विश्वासमा छन् ।  निर्वाचन क्षेत्र नं. २ मा एमालेका पूर्व सांसद राज बहादुर बुढा र काँग्रेसका पूर्व राज्य मन्त्रि शिवराज जोशी चुनावी मैदानमा छन् । एमाले नेता बुढा २०६४ को निर्वाचनमा विजयी भएका हुन भने शिवराज जोशी २०५६ सलाको आम निर्वाचनमा जितेको थिए । वामगठबन्धनबाट उम्मेदवार भएका राज बहादुर बुढाले पहिला एक्लै लड्डा निर्वाचनमा बिजयी भएको स्मरण गर्दै आहिले बामगठबन्धन भएकाले निर्वाचन जित्नेमा आफु ढुक्क भएको बताए । उम्मेदवार आफ्नो पार्टीको घोषणा पत्र लिएर चुनावी सभा र घरदैलो अभियानमा पुग्दा गाँउका मतदाता भने खेतीपाती गर्न ब्यस्त छन । मंसिरको महिना भएकाले अन्नबाली भित्र्याउने र खेत बारीमा गहुँ लगाउने समय भएकाले पनि मतदाता खेतबारीमै चुनावी चर्चा सँगै काम गर्न थालेका छन् । मतदाता खेतबारीमा ब्यस्त भएको बेला उम्मेदवार आफुलाई मत माग्न खेतबारीमा पुग्ने गरेको मतदाता बताउछन । अहिले अधिकांश कृषकहरु पाकेकोधान भित्राउन वेस्त छन् । कतिपय कृषकहरु खेत बारीमा गहुँ लगाउन भ्याइ नभ्याई छ । खेत बाट्ने दाही हाल्ने र खेतमा गहँु छर्ने चटारोले गर्दा मतदातालाई चुनावी सभा भन्दा पनि आफ्नो खेतबारीमै बस्त देखिन्छन । केहि समय अघि एक्कासी परेको असिना पानीले अधिकांश क्षेत्रमा धानवाली नष्ट गरेका कारण पनि फेरी असिना पर्ने हो की ? भन्ने चिन्ताले किसानहरुलाई चटारो परेको छ ।
चुनावको कार्यतालिका र आफ्नो घोषणा पत्र सार्वजानीक गरी चुनावी कार्यक्रम गर्न घरदैलोमा पुगेका उम्मेदवारहरु कतिपय स्थानहरुमा बाटोमै पर्ने खेतबारिमा मत मागेको देखिन्छ । खेतबारीमा समेत नभेटिएका मतदातालाई फोन बाटै पनि मत मागिएको देखिन्छ ।

Share This:

Find us on Facebook

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रस्तावित ज्वाला प्रकाशन प्रालिद्वारा प्रकाशित धमाका राष्ट्रिय दैनिकका लागि
वरिष्ठ सल्लाहकारद्वय
हरिहर अधिकारी 'श्यामल' र मधुसुधन गिरी,
संस्थापक सल्लाहकार: नमन शाही,
अतिथि सम्पादक: अमर सुनार,
प्रकाशक/सम्पादक: बिष्णु शर्मा,
कार्यकारी सम्पादक: कविराज वि.सी.
सह सम्पादक: कमल शर्मा

हाम्रो फेसबुक पेज


फोन नं. ०८९-४२०४०३/४२०२२१
मो. ९७४८०२०९७७, ९८४८१४१३१३
ई–मेल: news@dhamakadaily.com, 2dailydhamaka@gmail.com
वेबसाइट: www.dhamakadaily.com