Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

दुर्घटनामा ३ को मृत्यु किन खोजिदैन दुर्घटनाको कारण

         ||   12 Views   ||   Published Date : 12th November 2017 |

धमाका संवाददाता
कात्र्तिक २५, दैलेख
सुर्खेतबाट दैलेख आउँदै गरेको बा ४ ख ५०१० नम्बरको हाइस दैलेखको गुरास गाउँपालिका वडा नं. ४ को सियाकोटमा शुक्रवार राती दुर्घटना भएको छ । हाइसमा सवार तीन जनाको मृत्यु भएको छ । एक जनाको घटना स्थलमै मृत्यु भएको थियो भने अन्य दुई जनाको सुर्खेतमा उपचारका क्रममा आज मृत्यु भएको हो ।  मृत्यु हुनेमा सुर्खेतका पारस तीवारी, दैलेखको नौमूले गाउँपालिका ५ का रत्नबहादुर सिजाली र नौमूले गाउँपालिका ३ का जसी राना रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख सरोज पौड्यालले जानकारी दिएका छन् ।


सियाकोटको माथिल्लो सडकबाट दुर्घटना भएको हाइस १ सय ५० मिटर तल सडक कुनामै खसेको थियो । १६ जना घाईते भएका छन् । घाइते मध्ये ३ जनाको अवस्था चिन्ताजनक रहेको छ । घाईतेहरुको सुर्खेत नरसिंह होम र नेपालगंजमा उपचार भैरहेको छ ।
लगातार दुर्घटना बढि रहने र मानविय क्षति बढिरहेको भएपनि अहिले सम्म दुर्घटनाको ठोस कारणको खोजि गरी सुरक्षा अपनाउने काम भएको देखिदैन । ड्राईभरको सिट नजिक महिला वा युवतिहरु राख्ने, गाडी चलेको बेला ड्राइभरले फोनमा मस्त कुरा गर्ने, गाडी चालकको अवस्थाको बारेमा ख्याल नगरेर सवारी चलाउने, मदिरा सेवन गर्ने, तिव्र गतिमा सवारी चलाउने जस्ता कामहरुलाई पूर्ण रुपमा निशेध गर्नुपर्ने देखिएको छ । घुमाउरो, ओरालो र साँगुरो बाटोमा तीब्र गतीमा सवारी साधनहरु चलाउने प्रचलनका कारण पनि धेरै दुर्घटना हुने गरेको प्रहरीको अनुमान छ ।

Share This:

Find us on Facebook

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रस्तावित ज्वाला प्रकाशन प्रालिद्वारा प्रकाशित धमाका राष्ट्रिय दैनिकका लागि
वरिष्ठ सल्लाहकारद्वय
हरिहर अधिकारी 'श्यामल' र मधुसुधन गिरी,
संस्थापक सल्लाहकार: नमन शाही,
अतिथि सम्पादक: अमर सुनार,
प्रकाशक/सम्पादक: बिष्णु शर्मा,
कार्यकारी सम्पादक: कविराज वि.सी.
सह सम्पादक: कमल शर्मा

हाम्रो फेसबुक पेज


फोन नं. ०८९-४२०४०३/४२०२२१
मो. ९७४८०२०९७७, ९८४८१४१३१३
ई–मेल: news@dhamakadaily.com, 2dailydhamaka@gmail.com
वेबसाइट: www.dhamakadaily.com