Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

चुवानी सभा सुरु गाईको पुच्छर समातेर का“ग्रेस पार लाग्दैनःशर्मा

         ||   17 Views   ||   Published Date : 12th November 2017 |

धमाका संवाददाता
कात्र्तिक २५, दैलेख
आगामी प्रदेश सभा र प्रतिनिधी सभाको निर्वाचनका लागि वामगठबन्धनको चुनावी सभा महावु गाउँपालिकाको वडाखोलामा चुनावी सभा सम्पन्न भएको छ । चुनावी सभालाई सम्बोधन गर्दै नेकपा एमालेका जिल्ला अध्यक्ष एवं प्रतिनिधी सभाका उम्मेदवार रबिन्द्र शर्माले गाईको पुच्छर समातेर काँग्रेस पार नलाग्ने बताएका छन् । हिजो आन्दोलन दवाउन लाग्ने शक्ति र लोकतान्त्रको आफुलाई हकदार सम्झने काँग्रेसले गाईको पुच्छर समातेर पार लाग्दैन ।
उनले विगत ३० वर्ष देखि आफु जनता माझ आई रहेको जनताको समस्यालाई आत्मसाथ गर्दै अगाडी बढेकाले आफुहरुलाई मतदान गर्न उनले आग्रह गरेका छन ।


चुनावी सभालाई सम्बोधन गर्दै माओवादी केन्द्रका पोलिट ब्युरो सदस्य कर्ण बस्नेतले मुलुकको समृद्धि र स्थिर सरकारका लागि माओवादी केन्द्र र एमालेले एक ठाउँमा आएको भन्दै त्यसका लागि सबै कार्यकर्ता आ–आफ्नो क्षेत्रमा खटेर लाग्न निर्देशन दिए ।
चुनावी सभालाई सम्बोधन गर्दै प्रदेश सभाका उम्मेदवार अम्मर बहादुर थापाले मुलुकको समृद्धिका लागि वामपन्थिहरुको बहुमतको सरकार निर्माण भए मात्र सबै कुरा सम्भव हुने बताए । उनले विगतमा आफुले गरेको बिभिन्न विकास निर्माणको चर्चा गर्दै आगामी दिनमा पनि त्यस्ता विकास निर्माणका कार्यहरु संचालन गरिने बताए ।
प्रदेश सभा सामानुपातीक उम्मेदवार मिनासिहं रखालले नेकपा एमाले पार्टीले विगतमा गरेका बिभिन्न लोकप्रिय कामहरुको चर्चा गर्दै आगामी दिनमा वामगठबन्धनको बहुमत आएमा त्यस्ता थुप्रै कार्यक्रम संचालन गरेर मुलुकलाई समृद्ध बनाउने बिश्वास दिलाईन । समानुपातिक उम्मेदवार पार्वती बिशुन्केले महिला दलित जनजाति प्रति नेकपा एमालेले लिएको नीतिको प्रशंसा गर्दै सबै जातजाति, धर्म र विभिन्न आस्था राख्ने सबैलाई सम्मान व्यवहार गरेकोले पनि नेकपा एमालेलाई मत दिनु पर्ने बताइन । कार्यक्रममा प्रदेश सचिवालय सदस्य टेकबहादुर खाण प्रचार विभाग प्रमुख लोमन शर्मा, प्रदेश सदस्य सावित्री मल्ल, पार्टी उपाध्यक्ष प्रेम थापा, युवा नेता प्रकाश थापाले सम्बोधन गरेका थिए ।

Share This:

Find us on Facebook

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रस्तावित ज्वाला प्रकाशन प्रालिद्वारा प्रकाशित धमाका राष्ट्रिय दैनिकका लागि
वरिष्ठ सल्लाहकारद्वय
हरिहर अधिकारी 'श्यामल' र मधुसुधन गिरी,
संस्थापक सल्लाहकार: नमन शाही,
अतिथि सम्पादक: अमर सुनार,
प्रकाशक/सम्पादक: बिष्णु शर्मा,
कार्यकारी सम्पादक: कविराज वि.सी.
सह सम्पादक: कमल शर्मा

हाम्रो फेसबुक पेज


फोन नं. ०८९-४२०४०३/४२०२२१
मो. ९७४८०२०९७७, ९८४८१४१३१३
ई–मेल: news@dhamakadaily.com, 2dailydhamaka@gmail.com
वेबसाइट: www.dhamakadaily.com