Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

 बिशेष अन्तरवार्ता  २ वर्ष भित्रै दैलेखलाई सबै भन्दा बढी बजेट आउने जिल्ला बनाउँछु

         ||   109 Views   ||   Published Date : 9th November 2017 |

 

निर्वाचनको माहोल तातिदै गएको छ । अहिले नेताहरु जनताकोमा मत माग्न घरदैलो गरिरहेका छन् । घरदैलो अभियानमा होमिएका प्रभावसाली यूवा नेता एवं कानुनी विश्लेषकः धर्मराज रेग्मी सँग आजको बिशेष अन्तरवार्तामा सहकर्मी नविन रिजालसँग गरिएको यो कुराकानी । कति बर्षको हुनुभयो ?अहिले ३५ वर्षका भए, दैलेखको मेहतोलीमा जन्मेका बुवा चन्द्र रेग्मी आमा खगिसरा रेग्मीको एक्लो छोरा हुँ ?  वुवा १३ वर्षको उमेरमा बित्नुभो आमा आफु  १७ वर्ष भएको वेला बित्नु भो ? सानैदेखि संघर्ष गर्नुपर्ने भाग्य भएकोले पनि संघर्ष गर्न अहिलेसम्म लागिरहेको छु । उनी अहिले क्षेत्र नं. १ प्रदेशको (क) बाट माओवादी केन्द्र र वामपन्थीको  साझा उम्मेदवारको रुपमा प्रस्तुत भएको छु ।

दैलेखको (क) अन्तर्गत भगवतीमाई गाउँपालिका, गुराँस गाउँपालिका, डुङ्गेश्वर गाउँपालिका मेरो क्षेत्र पर्दछन् । निर्वाचनको संघारमा हुनुहुन्छ गठबन्धनको कुरा खासमा के हो ?अवको निर्वाचनमा हाम्रो मूल कुरा भनेको वामगठबन्धनलाई देशव्यापी रुपमा बलियो बनाउदै लाने हो, नेपालका कम्युनिष्ट पार्टीहरुलाई एक ठाउँमा लिने । स्थानीय राज्य सत्ता निर्माण गर्ने । यो नौ नौ महिनामा सत्ता चयन हुने र देशको आर्थिक समृद्धिको लागि देशमा स्थायी सरकार जरुरी छ यस्कै लागि वामगठबन्धन  गरिएको हो । तपाई ढुक्क हुनुस् हामि जित्छौं  छोटो समयमै देश समृद्ध बन्छ । तपाईको राजनीति कसरी सुरु भयो ?विद्यार्थीकाल देखिनै राजनीतिमा लागेको हुँ र २०५१ अनेरा स्व.वि.यु. छैठौंको सदस्यता लिएँ । इकाई समिति, जिल्ला समिति, क्षेत्रीय समिति हुँदै मसालको केन्द्रीय समितिमा काम गरे । तत्कालिन माओवादीमा प्रवेश गरी काठमाण्डौंको नेवार समितिमा रहेर काम गरेको र अन्तर्राष्ट्रिय विभागमा रहेर काम गरे, केन्द्रीय कानून विभागमा रहेर काम गरे, पार्टीको महाधिवेशनमा आयोजक समितिको सदस्य हुँ । संविधान निर्माणमा सशक्त भूमिका निर्वाह गर्ने कानूनी विध हुँ । कानून कार्यान्वय सँगै जनताको घरदैलोमा कानूनका कुरा पु¥याउनु पर्ने आवश्यकता अहिले देखिएको छ । जनताले अहिलेको चुनावमा मतदान    गरी विजयी गराएमा कानुनका कुरा गाउँ वस्ति सम्म पु¥याउनु अझ सहज हुनेछ । देशमाछरिएर रेहेका कम्युनिष्टहरुलाई एक ठाउँमा नल्याए सम्म शहिदका सपनाहरु पनि पुरा नहुने र जनताका सपना पुरा नहुने अवस्था      छ । १० वर्षे जनयुद्ध झापा विद्रोहका शहिदहरुको सपना पुरा गर्न पनि वामगठबन्धन गर्नु परेको हो । वामगठबन्धनबाट चुनावमा गयौं भने देशमा ५ वर्ष सम्म ढुक्क भएर स्थायी सरकार रहन्छ । यसले गर्दा खाडी मुलुकमा गएका युवाहरुले कठिन पूर्ण जीवन विताउनु पर्दैन देशमै रोजगारी सृजना गर्न गर्न सकिन्छ , यसका लागि विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय कलकारखाना, उद्योगधन्दाहरु निर्माण हुन्छ । खानी, पानी लगायत देशमा रहेका अथाह स्रोत साधनको सदुपयोग हुन्छ । समाजवादमा पुग्न लाई यसरी आर्थिक विकास नगरे सम्म पुग्न सकिदैन । जनता बिकासको पर्खाईमा छन् चुनाव जीतेपछि तपाँईको योजना के हुन्  ? मेरो क्षेत्रमा तीन वटा गाउँपालिका छन् यस क्षेत्रमा लामो समय देखि काम गर्दै आएको हुँ । छविका हिसावले म  स्वच्छ छविको हुँ । सबै मतदाताहरुलाई म भन्न चाहान्छु तपाईको भविष्य भनेको हामि युवा हौं । गाउँपालिकाले     परिवर्तन खोजेको छ , नगरले परिवर्तन खोजेको छ, जिल्लाले परिवर्त खोजेको छ , देशले परिवर्तन खोजेको छ । यो पर्देशमा हाम्रो सरकार हुन्छ त्यसैले हाम्रो महत्वपूर्ण भूमिका रहन्छ । सडकका संजाल सम्पूर्ण रुपमा जोडिने छ ।  सुर्खेत देखि दैलेख सम्म जोड्ने बाटो फराकिलो बनाइने छ ।   लोहोरे हुँदै वेस्तडा र जगनाथ जाहाकोट सम्म जानेबाटो पातिकाल्ला सेरी हुँदै तल्लो डुङ्गेश्वर सम्म सडक छ त्यसलाई फराकिलो हुँदै स्तर उन्नती बनाइनेछ ।  रातानाङ्गला , धरमपोखरा, कचाली हुँदै जाजरकोट जाने सडक जोडिने छ । तलपट्टी मध्यपहाडी र माथिमाथि लिङ्क रोडहरु हुनेछन् । जाजारको, कचली धरमपोखरा हुदै तल्लो डुङ्गेश्वर कर्णाली जाने लिङ्क जोडिने छ । शिक्षाक्षमा , स्वास्थ्यमा अहिले सम्म लगानी गर्न सकिएन त्यसमा लगानी गर्न सकियो भने, कृषि, पर्यटन, फलफूल, जल, जमिन, सम्पूर्णमा विकास गर्न सक्छौं । सरकार निमार्ण गरेको २ वर्ष भित्रै दैलेखलाई सबै भन्दा बढी बजेट आउने जिल्ला बनाउन सकिन्छ । युवामा, महिलामा यहाँ भएको उत्पीडित वर्ग, स्रोतसाधनहरुमा लागानी गरियो भने दैलेखलाई समृद्ध जिल्ला वनाउन सकिन्छ ।अन्त्यमा मतदातालाई के भन्नुहुन्छ ?सर्वप्रथम धमाका दैनिक सँगै तपाँईलाई धन्यावाद, आम जनतालाई मेरो एउटा मात्र आग्रह छ देश आर्थिक रुपमा सम्पन्न गर्नका लागि  हामीलाई मतदान गर्नुहोस् हामि तपाँईका सवै समस्या समाधान गर्ने छौं ? यो हाम्रो प्रतिबद्धता हो । धन्यवाद ।।।।।

Share This:

Find us on Facebook

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रस्तावित ज्वाला प्रकाशन प्रालिद्वारा प्रकाशित धमाका राष्ट्रिय दैनिकका लागि
वरिष्ठ सल्लाहकारद्वय
हरिहर अधिकारी 'श्यामल' र मधुसुधन गिरी,
संस्थापक सल्लाहकार: नमन शाही,
अतिथि सम्पादक: अमर सुनार,
प्रकाशक/सम्पादक: बिष्णु शर्मा,
कार्यकारी सम्पादक: कविराज वि.सी.
सह सम्पादक: कमल शर्मा

हाम्रो फेसबुक पेज


फोन नं. ०८९-४२०४०३/४२०२२१
मो. ९७४८०२०९७७, ९८४८१४१३१३
ई–मेल: news@dhamakadaily.com, 2dailydhamaka@gmail.com
वेबसाइट: www.dhamakadaily.com