Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

४ वर्षको बच्चालाई याद छ आफ्नो पूर्वजन्मको कुरा

         ||   40 Views   ||   Published Date : 31st July 2017 |

एजेन्सी

झ्वाट्ट सुन्दा यो कुनै अन्धविश्वास जस्तो लाग्छ । तर भारतको हरियाणास्थित एक गाउँमा बस्ने बालकको पुनर्जन्म भएको छ ।
हरियाणाको जिन्द इलाकास्थित जलालपुरा कलां गाउँमा ४ वर्ष पहिले ती बालकको जन्म भएको हो । उनको नाम लभिस हो । लभिस जब जब बढ्न थाले र बोल्न थाले तब उनको मुखबाट प्रायः एउटा शव्द निस्कन थाल्यो,
रामरा वास्तवमा रामरा एउटा गाउँ हो जु जलालपुराबाट केही टाढा पर्दछ । साथै ती बालकले आफ्नी आमाको नाम कमला भन्न थाले । जबकी उनकी वास्तविक आमाको नाम कमला थिएन ।
बालकले त्यस्तो अनौठो कुरा भन्न थालेपछि उनका परिवार लभिसलाई सात किलोमिटर टाढाको रामरा गाउँ तर्फ लागे । अचम्मको कुरा त के भने कहिल्यै रामरा गाउँ नगएको लभिसले उक्त गाउँमा जाने बाटो बताउँदै गए ।
रामरा पुगेपछि उनले आफ्नो पुर्वजन्मको घर भनी एउटा घरमा पूराए । त्यस घरमा उनी सन्दीप नामका बालक थिए अरे । उनले आफ्नो उक्त घरका आमाबुवा तथा अन्य सदस्यको नाम पनि भने । साथै उनले सबै मानिसलाई खेतको उक्त ठाउँमा लगे जहाँ ११ वर्ष पहिले करेन्ट लागेर सन्दीपको मृत्यु भएको थियो ।
वास्तवमा १४ वर्षका सन्दीपको सोही ठाउँमा ११ वर्षअघि करेन्ट लागेर मृत्यु भएको छ । लभिसले आफुले तिनै सन्दीप नामक बालकको पुनर्जन्म भएको दाबी गरेका छन् ।

यद्यपि विज्ञानले पुनर्जन्मलाई मान्दैन । तर सन्दीप र लभिसका परिवारलाई यो पुनर्जन्म नै हो भन्नेमा पूर्ण विश्वास छ । आफ्नो छोराको पुनर्जन्म पाएकोमा सन्दीपका परिवार खुसी छन् ।

Share This:

Find us on Facebook

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रस्तावित ज्वाला प्रकाशन प्रालिद्वारा प्रकाशित धमाका राष्ट्रिय दैनिकका लागि
वरिष्ठ सल्लाहकारद्वय
हरिहर अधिकारी 'श्यामल' र मधुसुधन गिरी,
संस्थापक सल्लाहकार: नमन शाही,
अतिथि सम्पादक: अमर सुनार,
प्रकाशक/सम्पादक: बिष्णु शर्मा,
कार्यकारी सम्पादक: कविराज वि.सी.
सह सम्पादक: कमल शर्मा

हाम्रो फेसबुक पेज


फोन नं. ०८९-४२०४०३/४२०२२१
मो. ९७४८०२०९७७, ९८४८१४१३१३
ई–मेल: news@dhamakadaily.com, 2dailydhamaka@gmail.com
वेबसाइट: www.dhamakadaily.com