Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

सरकारको बजेटमा दैलेखलाई उपेक्षा भएको हो त ?

         ||   195 Views   ||   Published Date : 31st May 2016 |

समाचार बिश्लेषण
दैलेख जेठ १७ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको संयुक्त सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटले सबै क्षेत्रलाई उत्साही बनाएको छ । शिक्षा स्वास्थ्य, सामाजिक सुरक्षा भत्ता, यूवा , कृषि लगायतका बिभिन्न क्षेत्रमा मन खोलेर बजेट निनियोजन गरिएको भन्ने सकारात्मक तर्कहरु धेरैdailekh आएका छन् ।
बिशेष गरेर कर्मचारीहरुको तलव बृद्धि र गाउँ बिकास समिति मार्फत गाउँको बिकासका लागि उल्लेख्य रकम बिनियोजन गरिएको भन्दै दुर्गम स्थानहरुमा सरकारको बजेटको प्रसंशा गरिएको छ । बिगत धेरै बर्षदेखि सरकारको प्रत्यक्ष नजरमा पर्न नसकेको दैलेखलाई यसपालीको बजेटले समेत हेला गरेको भन्दै बिभिन्न निकायबाट गुनासो समेत आएको छ । अन्य बिभिन्न बिकासहरुका लागि बजेट उत्कृष्ट भएको भएपनि पर्यटन, पेट्रोलियम पदार्थ उत्खनन् र जलविद्युतको राम्रो संभावना बोकेको दैलेखको बारेमा ठोस रकम नआएको भन्दै दैलेख उद्योग बाणिज्य संघका अध्यक्ष शान्ति शर्माले दैलेखलाई छुटाएको भन्दै गुनासो गरेका छन् ।
संसदमा अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको १० खर्ब ४८ अर्ब ९२ करोड १३ लाख ५४ रुपैयाँको बजेटमा दैलेख जिल्लाको लागि नामै उल्लेख गरेको बजेट नभेटीएकोले उपोक्षा गरिएको भान भएको शर्माले प्रतिक्रिया दिएका छन् । समग्रमा राम्रो छ तर कार्यान्वयनमा चुनौती भएकोले यसवारे सरकार गम्भिर हुनुपर्ने शर्माको सुझाव छ ।
सरकारले प्रस्तुत गरेको आर्थीक वर्ष २०७३/०७४ को बजेटमा सरकारको प्राथमिकतामा रहेको र उद्योग मन्त्री सहित चिनीयाँ टोली आएर अनुसन्धानका गरिसकेको दैलेखको पेट्रोलियम पदार्थको उत्खनन सुरु भएको विषय उठाईएको छ तर बजेट एकिन गरिएको छैन् ।
सुर्खेत दैलेख सदरमुकाम महावु हुदै कालिकोट– जुम्ला जोड्ने सडक निर्माणका लागि पहल गरिदिन संयुक्त मागपत्र समेत पेश गरिएको भएपनि सो बारे समेत स्पष्ट उल्लेख नभएको गुनासो दैलेखका नागरिकहरुले गरेका छन् ।
पञ्चकोशी क्षेत्रलाई पर्यटकिय गन्तब्य बनाउने मागहरुको सम्बोधन नगरी सरकारले जिल्लालाई उपेक्षा गरेको दैलेख उद्योग बाणिज्य संघ दैलेखका उद्योग उपाध्यक्ष एवं डिमेगा दैलेखका अध्यक्ष कविराज खत्रीले गुनासो गरेका छन् । उनले राज्यले ल्याएको बजेट राम्रो भएपनि कार्यान्वयनको पक्ष विगतदेखी नै फितलो भएको बताउदै कार्यान्वयन तर्फ जोड दिनु पर्ने बताए ।
सरकारले ल्याएको बजेट देशको भविष्य निर्माणको सहयोग पु¥याउने आशा गरिएपनि जनताले चाहे अनुसारको बजेट नआएको र ठोस स्रोत पत्ता नलगाइ ल्याएकोले बजेटको परिमाण ठुलो भएको खत्रीको गुनासो छ ।
बृद्ध बृद्धा र किसान र उद्यमी हरुलाई केही आशा केन्द्रित भएपनि विकेन्द्रति मुखी नभएको गुनासो गरे । उनले सूर्खेत दैलेख सडकको स्तर उन्नती, जिल्लाको गरिवी, बेरोजगारी घटाउने विषयमा सरकारको ध्यान नगएको गुनासो गरे ।
सरकारले प्रस्तुत गरेको बजेट सकारात्कम भएको शिक्षाप्रेमी नरबहादुर शाहीले बताएका छन् । कृषि क्षेत्रलाई बजेटले धेरै समेटेको छ । बजेटले सवै क्षेत्र समेटेको छ अँझै शिक्षा र स्वास्थ्य क्षेत्रमा केही नयाँपन देखिएको शाहीको तर्क छ । अव शिक्षालाई राज्यको नीतिभित्र ल्याउने अभियानमुलक कामको सुरुवात भएको छ यो निकै राम्रो कुरा हो शाहीले भने ।
बृद्ध कविराज थापाले भने बृद्ध बृद्धाहरुको भत्ता बढाईदिएकोमा निकै खुशि लागेको बताए । भत्ता धेरै थपिएको छ यो कार्यान्वयन हुँदै जाओस्, बृद्धहरु सबै खुशि छन् । अँझै ६० देखि ६५ बर्ष सम्मका लागि भत्ताको व्यवस्था गरिदिएको भए अँझै राम्रो हुने थापाले बताए ।
प्रधानमन्त्री केपी शर्मा ओली सरकारले प्रस्तुत गरेको बजेट समग्रमा राम्रो भएको तर यसको कार्यान्यनमा तर्फ जोड दिनुपर्ने जिल्लाका नागरिक समाजका अगुवाहरुको भनाई रहेको छ । अहिलेको बजेटले गाउँलाई सबल बनाउन आफ्नो गाउँ आफै बनाउ, आफ्नो नगर आफै सुन्दर बनाउ, सामाजीक सुरक्षामा दोबर बृद्धी, कर्मचारीको तलबमा बृद्धी लगाएतका कार्यक्रम ल्याएको छ ।

Share This:

Find us on Facebook

One Response to सरकारको बजेटमा दैलेखलाई उपेक्षा भएको हो त ?

  1. dil prasad Reply

    May 31, 2016 at 6:18 am

    अक्षर की बनाउनु अनुरोध गर्दछौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रस्तावित ज्वाला प्रकाशन प्रालिद्वारा प्रकाशित धमाका राष्ट्रिय दैनिकका लागि
वरिष्ठ सल्लाहकारद्वय
हरिहर अधिकारी 'श्यामल' र मधुसुधन गिरी,
संस्थापक सल्लाहकार: नमन शाही,
अतिथि सम्पादक: अमर सुनार,
प्रकाशक/सम्पादक: बिष्णु शर्मा,
कार्यकारी सम्पादक: कविराज वि.सी.
सह सम्पादक: कमल शर्मा

हाम्रो फेसबुक पेज


फोन नं. ०८९-४२०४०३/४२०२२१
मो. ९७४८०२०९७७, ९८४८१४१३१३
ई–मेल: news@dhamakadaily.com, 2dailydhamaka@gmail.com
वेबसाइट: www.dhamakadaily.com