Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

किसानका समस्या बुझ्दै कार्यालय प्रमुख गाउँमा

         ||   145 Views   ||   Published Date : 13th May 2016 |

धमाका संवाददाता
दैलेख, वैशाख ३०
तरकारी उत्पादनको हिसावले निकै महत्वपुर्ण पकेट क्षेत्र मानिने दैलेखको पिलाडी, लालीकाँडा, गोगनपानी, बराह र सेरीका किसानहरुका समस्या बुझ्दै जिल्ला कृषि बिकास कार्यालय दैलेखका प्रमुख सहितको टोली गाउँमा पुगेको छ ।
लामो खडीरी सँगै कृषकहरुले पाएको समस्या र अन्य बिभिन्न सिजन अनुसार उत्पादन हुने तरकारी खेतीको बजारीकरणका बारेमा गाउँमै पुगेर छलफल गरिएको हो ।
जिल्ला कृषि बिकास कार्यालय दैलेखको अयोजनामा बिहिवार किसानका समस्या सँगै कार्यक्रमको अनुगमनका लागि दैलेखका कार्यरत पत्रकार, नागरिक समाज, अन्य बिभिन्न निकाय समेतको टोली लहरा सम्म dado dailekh timपुगेको छ ।
लहरामा उत्पादन भएको आलु बिऊ अहिलेपनि दैलेख लगायत सुर्खेत र नेपालगंज सम्म बिक्रि हुने गर्दछ । दैलेखमै स्याऊ उत्पादन हुने महत्वपुर्ण क्षेत्र मानिएको लहराका किसानहरु खडेरी लगायतका बिभिन्न समस्याहरुबाट बेला बेलामा समस्या पर्ने गरेको बताउँछन् ।
हरेक बर्ष गोगनपानी, पिलाडी, बराह सेरी लगायतका गाविसहरु बाट पाँच करोड बढीको आलु निर्यात हुने किसानहरुले जानकारी दिएका छन् ।
जिल्ला कृषि बिकास कार्यालय दैलेखका प्रमुख सुर्यनाथ योगी, नयाँ आएका कार्यालय प्रमुख रमेशचन्द्र सुवेदीले किसानहरुका समस्या समाधानका लागि बारीमै पुगेर अनुगमन गरिएको बताए ।
धरमपोखरा बजारका कृषकहरुले सेवा केन्द्र धेरै टाढा भएको ले आफुहरुले पाउनुपर्ने सेवा समयमै नपाएको गुनासो गरेका   छन् ।
धेरै आलु उत्पादन हुने क्षेत्रहरुमा खडेरीले समस्या पार्नै भन्दै उत्पादन घट्ने संभावना बढेको किसानहरुले गुनासो गरेका छन् ।
गाउँ गाउँमा किसानहरुले उत्पादन गरेको तरकारी बिक्रि र बजारीकरणमा सहजताका लागि जिल्ला कृषि बिकास कार्यालय दैलेखले सहकारी भवन, तरकारी संकलन केन्द्र, बिऊ, मल र प्राविधिक सेवा बिस्तारमा महत्व दिदै आएको छ । गाउँमा रहेका कृषि संकलन केन्द्र र सहकारीहरुको जिल्लाबाट गएको टोलीले अवलोकन र कार्यप्रगतीको बारेमा छलफल गरेको छ ।
कार्यालय प्रमुख गाउँमै पुगेपछि समस्या समाधानमा सहयोग पुग्ने किसानहरुले आशा गरेका छन् ।

Share This:

Find us on Facebook

One Response to किसानका समस्या बुझ्दै कार्यालय प्रमुख गाउँमा

  1. dil prasad Reply

    May 13, 2016 at 11:18 am

    धमका राष्ट्रिय दैनिकलाई मेरो सुझाब समाचारलाई कपि गर्न मिल्ने बनाउनुपर्ने थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रस्तावित ज्वाला प्रकाशन प्रालिद्वारा प्रकाशित धमाका राष्ट्रिय दैनिकका लागि
वरिष्ठ सल्लाहकारद्वय
हरिहर अधिकारी 'श्यामल' र मधुसुधन गिरी,
संस्थापक सल्लाहकार: नमन शाही,
अतिथि सम्पादक: अमर सुनार,
प्रकाशक/सम्पादक: बिष्णु शर्मा,
कार्यकारी सम्पादक: कविराज वि.सी.
सह सम्पादक: कमल शर्मा

हाम्रो फेसबुक पेज


फोन नं. ०८९-४२०४०३/४२०२२१
मो. ९७४८०२०९७७, ९८४८१४१३१३
ई–मेल: news@dhamakadaily.com, 2dailydhamaka@gmail.com
वेबसाइट: www.dhamakadaily.com