Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

मेटिदै दुल्लू दरबारको इतिहास

         ||   175 Views   ||   Published Date : 25th March 2016 |

भिम सिजापति dullu darbar
११ चैत्र दैलेख
जुम्लाका सिंजा राजाको हिउँदे राजधानी रुपमा चिनिएको दुल्लू दरबारको इतिहास मेटिदै गएको छ । तत्कालिन द्धन्द्धको समयमा नेकपा माओवादी बम पड्काएर दरबारलाई ध्वस्त बनाएपछि पुननिर्माण नहुँदा इतिहाँस मेटिदै गएको हो ।
२०६० साल बैशाख ८ गतेका दिन तत्कालिन नेकपा माओवादीले दरबारमा वम पड्काएर पुरै दरबार ध्वस्त बनाएका थिए । तीनवटा        भ-याङ र ५२ वटा झ्याल ढोका भएको दरबार प्यागौडा शैलीमा निर्माण गरिएको थियो । दुल्लू राज्यको क्षेत्र तिब्बतको ताक्लाकोट देखी भारतको गडुवाल सम्म फैलिएको थियो । वाईसे, चौविसे राज्यमा यो राज्य सानो राज्यको रुपमा रहेको मानिन्छ । नेपालबाट अरनिको समुहका ललितपुरका कालिगढ झिकाई विक्रम संम्बत १९८४ मा दरबारको पुननिर्माण गरिएको थियो । तत्कालिन दुल्ल राज्यका नेपाली सेनाका कर्नेल डम्बरबहादुर शाहले भारतको बैजरी स्थानको लडाई जितेर ल्याएको सम्पत्तिबाट दरबारको पुननिर्माण गरिएको बताईन्छ ।
दरबारमा दुल्लूका अन्तिम राजा जंगबहादुर शाहले विरशमशेर राणाकी नातिनी तेजशमशेर राणाको छोरीसँग विवाह गरेपछि दुल्लूमा राजकाज चलाएको ईतिहाँस पाईन्छ । देशमा जातजाती अनुसार संघिय राज्य बनाउने कुरा चलिरहेको बेला समग्र खस जातीको साझा सम्पत्तिको धरोहरमा रहेको यो दरबारको पुननिर्माण गरि खस जातीय संग्राहलय बनाउनु पर्ने दुल्लू नगरपालिकाका स्थानीय बासिन्दाको माग रहेको छ । दुल्लू दरबार जंगबहादुर शाहका कान्छा छोरा रिटार्यड जर्नेल दिप्तप्रकाश शाहको नाममा भएकाले पुननिर्माणमा ढिलाई भएको पुरातात्विक विभागले जनाएको छ । दुल्लूका अन्तिम राजाका छोरा जर्नेल शाह भने दरबार दैलेखका जनताको भएको बताउनु हुन्छ । उनले दरबार आफ्नो नाममा भए पनि आफु राज्यलाई दिन तयार रहेको जानकारी दिए ।
उनले दुल्लूका अन्तिम राजाको चिनो हो, जनताको दरबार हो । नेपाल सरकारले दरबारलाई पुननिर्माण गर्न चाहेमा आफ्नो तर्फबाट पुर्ण सहयोग रहने समेत बताए ।
नेपाल सरकारले अब छिट्टै दरबारको पुर्नःनिर्माण गर्ने शान्ति तथा पुर्नःनिर्माण मन्त्रि एकनाथ ढकालले बताए । दुल्लू दरबार दुल्लू क्षेत्र र आठविस दरामा फलेको मासको ग्राहोबाट निर्माण गरिएकाले माओवादीले बम हानेपछि पाँच दिन सम्म जलिरहेको बताईन्छ । तत्कालिन दुल्लू भारतको दिल्लीमा भएका मुगल सम्राट बिच दैत्य सम्बन्ध थियो । जसको उदाहरण रुपमा बोलिने हुजुर भाषाबाट हजुर सिकेको र हामीसँग भएको परम्परा, करुवा, हुक्का मुगलबाट सिकेर प्रयोग गरेको दुल्लू नगरपालिका स्थानीय जानकारहरु बताउँछन् । मुगल सम्राट सँग दैत्य सम्बन्ध भएको उदाहरण दुल्लू नगरपालिका वडानं १० मा रहेको पादुकास्थान मन्दिरमा अवस्थित साउना कार्की र साउना कर्केनीको अशोक स्तम्भलाई लिन सकिन्छ । राजा दामोपालको पालादेखी सिंजा संगै दुल्लू क्षेत्रको विकास भएको देखिन्छ । जातीय आन्दोलन चलिरहेको बेला ठकुरी, ब्राहमण र क्षेत्रीको सहिष्णुतालाई सरकारले कमजोरी ठानेर पुननिर्माणमा ढिलाई गरेको स्थानीयको भनाई रहेको छ । नेपाल एकिकरणको समयमा उत्तम शाहीका पालामा विक्रम संवत १८४६ कार्तिक २१ गते सोमबहारका दिन दुल्लू राज्य नेपाल राज्यको अधिनस्थ भएपतापनि विक्रम संवत २०१९ मा यो छुट्टै राज्यको रुपमा रहेको थियो । राज्य रजौटा ऐन २०१९ बमोजिम दुल्लू राज्य विघटन भई २०१९ मा दैलेखमा गाभिएको थियो । तत्कालिन समयमा दुल्लू दराका सबै दराहरुलाई बाँडेर गाउँ पञ्यात बनाइएको थियो । नेपाल सरकारले ७२ नयाँ नगरपालिका मध्ये दुल्लूलाई २०७१ बैशाख २५ मा दुल्लू नगरपालिका घोषणा गरेपनि २०७१ जेठ ५ मा कार्यालय उद्घाटन भएको थियो । नेपाल अधिराज्य भर थप गरिएका ७२ वटा नगरपालिका घोषणा पश्चात खुल्ला दिशामुक्त घोषणा गर्ने दुल्लू नगपालिका पहिलो बनेको छ । (सन्दर्भ सामाग्री गुगल र किर्तिखम्ब पुस्तक)

Share This:

Find us on Facebook

One Response to मेटिदै दुल्लू दरबारको इतिहास

  1. Mahendra Reply

    March 25, 2016 at 8:22 am

    गुगलमा कहाँ छ ? र समाचार कहावाट कहा पुग्यो ?
    मेटिदै छ,दुल्लू दरबारको इतिहास
    भक्तबहादुर शाही
    दैलेख, फागुन १७ गते । जुम्लाका सिंजा राजाको हिउँदे राजधानी रुपमा चिनिएको दुल्लू दरबारको इतिहास मेटिदै गएको छ । तत्कालिन द्धन्द्धको समयमा नेकपा माओवादीले बम पड्काएर दरबारलाई ध्वस्त बनाएपछि पुननिर्माण नहुँदा इतिहास मेटिदै गएको हो । २०६० बैशाख ८ मा माओवादीले दरबारमा वम पड्काएर पुरै दरबार ध्वस्त बनाएका थिए । तीनवटा भ¥याङ र ५२ वटा झ्याल ढोका भएको दरबार प्यागौडा परम्परागत शैलीमा निर्माण गरिएको थियो ।
    दुल्लू राज्यको क्षेत्र तिब्बतको ताक्लाकोटदेखी भारतको गडुवालसम्म फैलिएको थियो । वाईसे,चौविसे राज्यमा यो राज्य सानो राज्यको रुपमा रह्यो । नेपालबाट अरनिको समुहका ललितपुरका कालिगढ झिकाई विक्रम संम्बत १९८४ मा दरबारको पुननिर्माण गरिएको थियो । तत्कालिन दुल्ल राज्यका नेपाली सेनाका कर्नेल डम्बरबहादुर शाहले भारतको बैजरी स्थानको लडाई जितेर ल्याएको सम्पत्तिबाट दरबारको पुननिर्माण गर्न इतिहासका विद्यार्थी भुपाल विक्रम शाहले बताउनुभयो । दरबारमा दुल्लूका अन्तिम राजा जंगबहादुर शाहले विरशमशेर राणाकी नातिनी तेजशमशेर राणाको छोरीसँग विवाह गरेपछि दुल्लूमा राजकाज चलाएका थिए ।
    देशमा जातजाती अनुसार संघिय राज्य बनाउने कुरा चलिरहेको बेला समग्र खस जातीको साझा सम्पत्तिको धरोहरमा रहेको यो दरबारको पुननिर्माण गरि खस जातीय संग्राहलय बनाउनु पर्ने दुल्लू नगरपालिका–२ स्थायी घर भई हाल जिल्ला विकास समिति दैलेख जिविसका सामाजिक विकास अधिकृत खमबहादुर थापाले बताउनुभयो ।

    दुल्लू दरबार जंगबहादुर शाहका कान्छा छोरा रिटार्यड जर्नेल दिप्तप्रकाश शाहको नाममा भएकाले पुननिर्माणमा ढिलाई भएको पुरातात्विक विभागले जनाएको छ । यदि व्याक्तिले राज्यका नाममा नामसारी गरे छिटो पुनिर्माण गरिने एक कर्मचारी बताउनुभयो । उहाँले भन्नुभयो,“दरबार संरक्षणका लागि यो गतवर्ष सात लाख रुपैयाँ परेको थियो । व्याक्तिका नाममा भएकाले कार्यान्वयन हुन सकेन । ” दुल्लूका अन्तिम राजाका छोरा जर्नेल शाह भने दरबार दैलेखका जनताको हो । मेरो नाममा भएपनि म राज्यलाई दिन तयार छु,उहाँले टेलिफोनबाट जानकारी दिनुभयो । उहाँले भन्नुभयो,दुल्लूका अन्तिम राजाको चिनो हो,जनताको दरबार हो ।”नेपाल सरकारले दरबारलाई पुननिर्माण गर्न चाहेमा आफ्नो तर्फबाट पुर्ण सहयोग गर्ने छु ,उहाँले थप्नुभयो ।
    काठमाण्डौंमा सडक विस्तारको समयमा नेपाल सरकारले जनताको घर भत्काएपछि सम्पत्ति हकका लागि लड्ने २०७१ मा कानुन न्याय र शान्ती तथा पुननिर्माण मन्त्री नरहरि आर्चाय दरबारनिर्माणमा सहयोग हुने आशा पलाएपनि निराशा बनेको तत्कालिन माओवादी विरुद्धको दुल्लू विद्रोहकी अगुवा कृष्णा शाहले बताउनुभयो । उहाँले भन्नुभयो,“जनताको व्याक्ति सम्पत्तिका हकलागि लड्ने मन्त्री जनताको दरबार निर्माणका लागि अस्वीकार गर्नुहुन्न लागेको थियो तर दरबार निर्माण काम अधुरै रह्यो उनले दुखेसो पोखिन ।”दुल्लू दरबार दुल्लू क्षेत्र र आठविस दराबाट मासको ग्राहोबाट निर्माण गरिएकाले पाँच दिन सम्म जलिरहेको थियो,उहाँले थप्नुभयो ।
    तत्कालिन दुल्लू भारतको दिल्लीमा भएका मुगल सम्राट बिच दैत्य सम्बन्ध थियो । जसको उदाहरण रुपमा बोलिने हुजुर भाषाबाट हजुर सिकेको र हामीसँग भएको परम्परा,करुवा,हुक्का मुगलबाट सिकेर प्रयोग गरेको दुल्लू नगरपालिका –२ का ७८ वर्षिय खड्गसिंह थापाले बताउनुभयो । मुगल सम्राट सँग दैत्य सम्बन्ध भएको उदाहरण दुल्लू नगरपालिका वडानं १० मा रहेको पादुकास्थान मन्दिरमा अवस्थित साउना कार्की र साउना कर्केनीको अशोक स्तम्भलाई लिन सकिन्छ । राजा दामोपालको पालादेखी सिंजा संगै दुल्लू क्षेत्रको विकास भएको देखिन्छ । जातीय आन्दोलन चलिरहेको बेला ठकुरी,ब्राहमण र क्षेत्रीको सहिष्णुतालाई सरकारले कमजोरी ठानेर पुननिर्माणमा ढिलाई गरेको स्थानीयबासीको आरोप छ ।
    नेपाल एकिकरणको समयमा उत्तम शाहीका पालामा विक्रम संवत १८४६ कार्तिक २१ गते सोमबारका दिन दुल्लू राज्य नेपाल राज्यको अधिनस्थ भएपतापनि विक्रम संवत २०१९ मा यो छुट्टै राज्यको रुपमा रहेको थियो । राज्य रजौटा ऐन २०१९ बमोजिम दुल्लू राज्य विघटन भई २०१९ मा दैलेखमा गाभिएको थियो । तत्कालिन समयमा दुल्लू दराका सबै दराहरुलाई बाँडेर गाउँ पञ्यात बनाइएको थियो ।

    क्याप्सन ः पुननिर्माणको पर्खाइमा दुल्लूदरबार ।
    पुननिर्माणमा नपरेको दैलेखको दुल्लू दरबार । तत्कालिन समयमा नेकपा माओवादी २०६० बैशाख ८ गते बम पड्काएर दरबारलाई ध्वस्त पारेको थिए ।
    तस्वीर ः भक्तबहादुर शाही⁄फाइल फोटो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रस्तावित ज्वाला प्रकाशन प्रालिद्वारा प्रकाशित धमाका राष्ट्रिय दैनिकका लागि
वरिष्ठ सल्लाहकारद्वय
हरिहर अधिकारी 'श्यामल' र मधुसुधन गिरी,
संस्थापक सल्लाहकार: नमन शाही,
अतिथि सम्पादक: अमर सुनार,
प्रकाशक/सम्पादक: बिष्णु शर्मा,
कार्यकारी सम्पादक: कविराज वि.सी.
सह सम्पादक: कमल शर्मा

हाम्रो फेसबुक पेज


फोन नं. ०८९-४२०४०३/४२०२२१
मो. ९७४८०२०९७७, ९८४८१४१३१३
ई–मेल: news@dhamakadaily.com, 2dailydhamaka@gmail.com
वेबसाइट: www.dhamakadaily.com