Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

हामिले नगरे कसले गर्ने, अहिले नगरे कहिले गर्ने

         ||   224 Views   ||   Published Date : 3rd March 2016 |

 

याम बिष्ट
केन्द्रिय उपाध्यक्ष तथा
दैलेख जिल्ला अध्यक्ष
हिन्दु जागरण युवा संघ

हिन्दुत्व संरक्षण तथा धर्म परिबर्तन बिरुद्धको महा अभियान मा सहभागी बनौ कोहि कसैले कहिलै धर्म परिबर्तन नगरौ र नगराउ, देशको मौलिyam bistaक धर्म संस्कार सस्कृति र देशको बिभिधतालाइ नश्ट हुन बाट बचाउ ,भन्ने हाम्रो मुल मन्त्रलाइ आत्मसाथ गर्दै आज नेपाली धर्तिमा नेपाली आमाले नेपाल र ९४५ ओमकार परिवारले पुर्खौ देखि मान्दै आयको आफ्नो पुर्खेउली धर्म हिन्दु धर्म बचाउनको निमित्त नेपाली धर्तिमा हिन्दु जागरण युवा संघ नेपाल लाई २०७२÷०८÷२७ गते नेपाली धर्तिमा जन्म दिएकी छन ।
र त्यसै दिनलाइ आधार मानी हिन्दु जागरण युवा संघ नेपाल ले २०७२ मङ्सिर २७ गते आइतबार नेपाली धर्तिमा हिन्दु जागरण युवा संघ को जन्म भयको घोषणा गरेको म यहाँ हरु माझ स्पष्ट पार्न चाहान्छु । आज यसै क्रममा ३ दिन भित्रमा अर्थात २०७२ पौष १ गते केन्द्रिय समिती गठन गर्न सफल भयको पनि म यहाँ हरुमाझ जानकारी गराउन चाहान्छु । यसको अध्यक्ष श्री पदम कुवर उपाध्यक्ष श्री याम बिष्ट ,महासचिव श्री युनिक कमल क्षेत्री र सचिब श्री मिलन चुडाल रहनु भयको छ ।
यसै क्रममा करिब एक महीना एघार दिनमा हामिले नेपालका करिब १० जिल्ला समिती गठन गर्नुको साथै हजारौ कार्यकर्ता जन्माउन सफल भएका छौ ।आदरणीय ओमकार परिवार म के पनि जानकारी गराउन चान्छु भने हाम्रो यो कुनै राजनैतिक संगठन नभएर धार्मिक संगठन होर यहाँ जुनसुकै राजनैतिक दल होस या संघ सस्था हिन्दु धर्म प्रती माया हुनेहरुलाई स्वागत छ । हामी हाम्रो धर्म बचाउनको निमित्त, नेपाली आमाको लुटिन लागेको अस्मिता बचाउनको निमित्त , हाम्रो भाषा र हाम्रो नेपाली सस्कृर्ती बचाउनको निमित्त लागि परेका हामिलाइ तपाइहरु सबै ओमकार परिवारको सहयोगको खाचो छ, हामिलाइ आशा पनि छ अबस्य हामिलाइ हाम्रो धर्म र हाम्रो सस्कृर्ती बचाउनको निमित्त तपाइहरुले सहयोग गर्नुहुनेछ । देश यतिबेला रोएको छ ,सगरमाथा को सिखर निहुरियको छ डलरमा बिकाउ हाम्रा देशका नेता भनाउदा हरुबाट अब हामिले आशा गर्ने कुनै ठाउछैन ,आज ९४५ ओमकार परिवारको चाहाना बिपरित नेपालमा कोठे सम्बिधान बनेको छ ९४५ ओमकार को चाहाना बिपरित देशमा धर्म निरपेक्ष जबजस्ती लादिएको छ । तपाईं हाम्रै आँखा अगाडी हामिले छर्लङ्ग देखेका छौ नेपालमा गयको २०७२ बैशाख १२ गतेको महा बिनाशकारी भुकम्पमा परेर हजारौ नेपालिले ज्यान गुमाएका छन लाखौ परिवार बिस्थापित भयका छन त्यही भुकम्प पिडितको बाहाना बनाएर पिडित भएका हरुलाइ मलम पट्टि लगाउन त कहा थियो कहाँ धर्म परिबर्तन गराउनको लागि बाइबल बाडेको हामिले देखेका छौ । आज यति छोटो समयमा हिन्दु जागरण युवा संघ ले देश भित्र र बाहिर बाट आर्थिक संकलन गरेर भुकम्प पिडित हरुला चिसो हुन बाट बच्नको लागि ज्याकेट र ब्लाङ्केट बितरणको कार्यक्रम गोर्खा बाट सुरु गरेको पनि म तपाइहरु लाई जानकारी गराउदँछु । अब यसको बिरुद्धमा देश इशाइ करण हुनबाट बचाउनको लागि म तपाइहरु सम्पुर्ण ओमकार परिवारलाइ यसै पत्रीका मार्फत अपिल गर्दछु । धन्यवाद जय हिन्दु जय ओमकार परिवार जय नारायण ।

Share This:

Find us on Facebook

One Response to हामिले नगरे कसले गर्ने, अहिले नगरे कहिले गर्ने

  1. devendra Neupane Reply

    March 3, 2016 at 8:59 am

    जय हिन्दु जागरण युवा सङ्ग दैलेख को ।
    हिन्दु रास्ट्र जोगाउ अनि धर्म बचाउ !
    हिन्दु धर्म संरक्षण तथा धर्म परिवर्तन हिन्दु जागरण युवा संघको महान अभियान सफल पारौ ।जयनारायण
    दैलेख जिल्ला महासचिव देवेन्द्र खत्री

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रस्तावित ज्वाला प्रकाशन प्रालिद्वारा प्रकाशित धमाका राष्ट्रिय दैनिकका लागि
वरिष्ठ सल्लाहकारद्वय
हरिहर अधिकारी 'श्यामल' र मधुसुधन गिरी,
संस्थापक सल्लाहकार: नमन शाही,
अतिथि सम्पादक: अमर सुनार,
प्रकाशक/सम्पादक: बिष्णु शर्मा,
कार्यकारी सम्पादक: कविराज वि.सी.
सह सम्पादक: कमल शर्मा

हाम्रो फेसबुक पेज


फोन नं. ०८९-४२०४०३/४२०२२१
मो. ९७४८०२०९७७, ९८४८१४१३१३
ई–मेल: news@dhamakadaily.com, 2dailydhamaka@gmail.com
वेबसाइट: www.dhamakadaily.com