Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

कहाँ पुर्यायो जिन्दगीले…..

         ||   282 Views   ||   Published Date : 31st July 2015 |

 कृष्ण दैलेखी

दैलेख  बिन्ध्याबासिनि ६  दैलेख   बि.स. २०४७ पौष मा यश पृथ्वी  मा जन्मेको  म सबै को मायालु थिए ।  भने गर्थे सबै ले कति स्वभाव को सबै सङ रम्न जानेको  अनि सबैको मनभित्र रहन सक्ने देखिन्थे   रे  । सबै  सङ मिलनसार पनि त तेसै ले होला मलाई  आज पनि त्यही माया पाएको छु अनि मैले पनि त सबै लाई सम्मान  गर्ने जानेको पनि छु ।
देश को रोजगारको अबसर  कम भए पनि सानो तिनो रोजगार  पाएकै थिए सबै  को समाजमा जमेको पनि          थिए ।  सबै ले  भन्ने गर्थे तिमी त भाग्यमानी हुनु पर्छ  पढाई  लेखाइ पनि त   राम्रै   भएको होला सायद  भनेको ठाँउ  पाएको थिए । माध्यमिक तहको पढाई  सङै  मलाई  सन्चार क्षेत्र  मा रहेर काम गर्ने सोच  आयो   नभन्दै   राम्रो  ठाँउ  पनि  पाए  सञ्चार  माध्यम  मा काम पाए पछि त झन नै सबै सङग परिचीत  भए सबै को साथ पनि  पाए झन मलाई  हौसला  का साथ काम गर्ने सोच आयो    लाग्थ्यो   मैले सोचेकै जस्तो जुराइदिनु भयको होला भगवान  ले पनि । सबै सङ हुँदा खुसी लाग्थ्यो ।
२०६७ साल जेष्ठ  को महिना थियो कारण  बस दैलेखबाट  काठमाडौं  आउनु पर्ने भयो र म घर मा  सल्लाह  अनुसार म दैलेख  बाट  रात्रि  बसमा  काठमाडौं  को लागि  यात्रा सुरु गरे  त्यही बसमा म सङै पढेलेखेका  का साथी मलेसिया  बाट  घर बिदा गएका र  बिदा सकिएर पुन  मलेसिया  फर्केर  लागेका रहेछन  बस मै भेट भयो र धेरै दिन पछि साथी सङग भेटघाट  हँुदा मलाई  सारै खुसी लाग्यो रात भरि कुरा कानी भए मैले पनि  मलेसिया  को   बारे सोधे  साथी ले मलाई  सबै कुरा बताए । कमाई पनि राम्रै हुन्छ राम्रो कम्पनी  मा परे  त्यो   मेरो कमाइ राम्रै भएको बताए  साथी ले रात भरको यात्रा  पछी  हामी बिहान काठमाडौं  मा पुगियो  साथी ले सङै बस्न       अनुरोध   गरेपछि हामी  काठमाडौं  होटेल  मा सङै बस्यौ ।  साथीले तपाई   पनि जानू हुन्छ भने आउनुस  मलेशिया  को हावा पानी पनि राम्रो छ  खान पिन पनि मिल्छ , तर मैले अलि सोच्नै  पर्ने बताए  २–३ दिनको  बसाई  मा  होटेल  मा  पनि धेरै जस्तो मान्छेहरु  मलेशिया , दुबई , कतार ,साउदी, जस्ता देस मा पलाएन  भएको देखे  त कुनै पासपोर्ट  बनाउन   तयारी   भएको देखिन्थे   जता हेरे पनि बिदेश  जानेको भिड थियो ।
२÷३ दिन को साथी सङ्को बसाई  पछि  साथिको मलेसिया  जाने तयारी  भयो । बिहान ११ बजेको  काठमाडौं  मलेशिया को टिकट  थियो ।  मलाई  साथी ले  अनुरोध  गरे पछि मा पनि साथी सङ त्रिभुवन  विमानस्थल  सम्म  साथी लाई पु¥याउन गए विमान स्थल  मा हजारौं  हजार महिला र पुरुष  हरु दैनिक  बिदेश  जादाँरहेछन    साथी भित्र  लाग्यो म बिदा  भएर  होटेल  तिर फर्के ।
म काठमाडौं  जुन काम ले आएको थिए । सफल  भयो र दैलेख जाने तरि भयो  रात भरी को यात्रा  पछि म दैलेख  गए घर मा गएर म पनि  मलेशिया  जान्छु अब भन्ने सल्लाह  गरे तर घर मा बुबाआमा  को  नजाने बरु पढ्न लेख्ने  अनि देश मै केही गर्नु पर्छ भन्ने भयो तर मा मानिन जिद्धि का साथ पासपोर्ट   बनाउन  जाने निदो गरे ।
त्यती बेला  जिल्ला  मा पासपोर्ट  बन्दैन्थ्यो  काठमाडौं  नै आउनु पर्ने भएको ले पासपोर्ट  को लागि गाँउकै दलाल  को साहायता लिदै म पुन काठमाडौं  आए । २ र ३ दिन मा पासपोर्ट तयारी  भयो । अब  भिसा को लागि दलाल  लाई पासपोर्ट  दिए ।  म घर फर्के  दलाल  लाई भनेको थिय छिटो   निकाली  दिनुश है भिसा  दलाल  ले पनि भनेको थियो  काम पनि सजिलो  छ तलब  पनि राम्रो छ भने पछि मन मा खुसी नै लागेको थियो ।
साउन को को १६ थियो  दलाल  को फोन  आयो तपाई  जान लाई तयारी  भएर  जसरी  पनि छिटो  आउनुस २ र ३ दिन भित्र  काठमाडौं  आइपुग्न  पर्यो   भने पछि म पनि घर मा सबै सङग सल्लाह  अनुसार  बिदा भए । घर बाट  म काठमाडौं  आइपुगे  दलाल  सङ भेट  भयो   तपाई को   भोलिको टिकट  छ । पैसा  जम्मा  गर्नुस मैले कति  भनेर सोधे  दलाल  ले १ लाख  जति दिनुश भने पछि  मैले  मिलाउन अनुरोध गरे  दलाल  ले ९० हजार  दिनुहोस भने पछि मैले त्यो पैसा दलाल  लाई दिए। पछि मलेसिया आउने तयारी  भयो  । म त्रिभुवन  विमान स्थाल बाट  म सङ ८ जना   सहित मलेसिया आएका थिए । krishna
मलेसियाको  विमान स्थलमा   हजारौं  नेपाल हरु को भिड  थियो मलाई  पनि बिरानो नै लागेको थियो  नयाँ ठाँउ  भएर पनि होला  तेहा को नियम अनुसार  कम्पनी को  मालिक  आएर आ आफ्नो  काम दार लाई लिदो रहेछ हामी पनि त्यही  पर्खाइ मा  बसेका थिए ।  तर  २र३ दिन भै सक्यो   मालिक नै आएन गाह्रो भो । हामी ले मेनपावर  लाई फोन ग¥यौ।  आउदै गरेको बताए   ३ दिन को राती बल्ल  आयो यजेन हामी लाई लिन  सोधपुछ  भयो काम को बारे मा किन ढिलो  भएको  आउन लाई भनेको  धेरै टाढा भएकोले  यहि जवाफ  पाइयो  अब जानू पर्छ गाडी  मा बस भयो अनि तेसैको साथ मा  हामी काम गर्ने स्थान  मा पुगिसके पछि बल्ल थाहा  भयो ।
४र५ घन्टाको यात्रा पछि मात्र कम्पनी मा पुग्यौ ।  अनि पुराना साथी हरु थिए उनिहरु सङग  भेटघाट   भयो  । तर उनीहरुसङ सोधपुछ  ग¥यौ।   उनी हरु ले पनि  कम्पनी  राम्रो छैन  भने तर पनि के गर्नु आए पछि त काम गर्नै पर्छ काम पनि गारो  छ भनेको  समय मा पैसा पाइदैन  घर जाउ भने पनि त जाउ कसरी  जस्तो कुरा गरे झन मन मा निरास पन भयो ।
लगत्तै  काम को बार फार भयो  काम सुरु भयो बिहान बिहान ४ बजे देखी काम मा जानु पर्ने साझ १० बजे कोठा फर्कनु  पर्ने न त खाना को राम्रो ब्यबस्थापन  बस्न को नै  गर्मी त्यस्तै  काम पनि त गारो  दिन भरी उभिएर काम गर्नु पर्ने मेसिन  सङग लड्नु  पर्ने  भयो बल्ल जीवन का ती रमाइला  पल हरु आज यसरि दुख मा  परिणत भए । मन लाई सझाल्न नै  गारो भयो   काम गर्दै जादा महिना को तलब  आयो पहिलो महिना  को तलब जम्मा  ४०० जम्मा  लेबि १०० कोठा भारा ५०  भन्दै  बाकी दियो । मेनपावर  लाई फोन ग¥यौ । हुन्छ हामी मिलाउने  कुरा      गरे तर कुनै अर्थ  भएन  काम   गर्दै ग¥यौ । १ बर्स बित्यो तर आए को रिन पनि तिर्न गारो भए पछि कुनै उपाय खोज्न   थालियो  । काम गर्न गाह्रो र पैसा पनि नहुने भए पछि हामी २ जना ले कम्पनी  बाट  भागेर वस्ने योजना  बनायौ  केही नेपाली  हरु सङग सल्लाह  ल¥यौ । तर पनि त लामो समय सम्म  कुर्नै पर्यो २०११ मा मलेशिया  सरकार  ले अबैधानिक लाई बैधानिक  बनाउने  कुराले त्यस बेला हामी पनि अब  राम्रो कम्पनी  को खोजी मा लाग्यौ ।  त्यती बेला मलेसियामा  मा पनि नेपाली  पत्रप्रतिका हरु पाइन्थ्यो  र किनेर हे¥यौ ।  हेर्दै जादा काम को लागि  कोठा को  सुचाना रहेछ । मैले पनि  त्यहाँ  भएको नम्बर  मा  कल गरे नेपाली  मा आफ्नो  अनुभव  को कुरा सबै दर्साय पछि आउनुस काम छ भनेपछी  हामी  कम्पनी  बाट  भाग्ने प्रयास  ग¥यौ ।
२०११ मा मलेसियामा मुस्लिम  हरुको राएको अबसर मा हाम्रो पनि २र३ दिन छुट्टी भएको बेला हामी क्वालालम्पुर  मा आयो र नेपाली  दाजुहरु सङ  हामी याहा आयका छौ भनेर खबर ग¥यौ र  कम्पनीको दाजु हरुले हामी लाई  कम्पनी  मा ल्याउनु  भयो । कम्पनी  को मालिक  पनि नेपाली  नै हुनु हुदोरहेछ  सबै दुख को कुराहरु नेपाली  मै आदानप्रदान  गर्न पाइयो खुसी लाग्यो  काम गर्नु पर्ने सिक्युरिटी  र सबै राम्रो छ ।  तपाई  हरुलाइ दुख सुख पर्दा हामी सहयोग  गर्छु । र तपाई को अनुभव  आधार मा  तपाईहरु लाई  राम्रो पोस्ट  पनि दिन्छौ भन्नु भयो । यिनै यावत कुराहरु कम्पनी  मालिक ले गरेपछी केही खुसी लायो  । सबै कुरा हरु  भैसकेपछि कम्पनी  मालिक ले तपाई  आराम  गर्दै गर्नुहोस । केही दिन बाट  तपाई  हरुको काम सुरु हुन्छ भन्नु भयो ।   हामी  पनि कोठामा   काम को  तयारी  गर्दै      पर्खियौ ।  काम सुरुहुन पुर्ब केही तालिम  पनि लिदो रहेछ काम को बारे मा केही कलास लियो र काम गर्ने ठाँउ  गयौ  काम सुरु  भयो  सिक्युरिटी सजिलो भय पनि पहिला अलि  गारो नै भो बिस्तारै  सबै अनुभव  भए पछि सजिलो नै भो  दिनहरु बित्दै गए सबै  साथी हरु पनि  मिल्दा जुल्दा पाए पछि  दिनहरु रमाइलो  नै  बिते ।
केही मन मा खुसी छायो
मलेसियामा  पनि थुप्रै  सङ सस्था हरु खोलियको र  सबै साथी सङ भेटघाट  हुँदै गयो  विभिन्न  कार्यक्रम  मा समय  मिलाएर  जाँदै गरे सबै सङ परिचित  हुँदै गए । केही बुझ्ने मौका पाए  एक दिन फुर्सको को समय थियो  घुमघाम को तयारी  भयो  क्वालालम्पुर  मा गए नेपाली  पसल  मा  प्रतिका बेच्न राखिएको रहेछ । पढ्न  पाए र सम्पादक को ठेगाना सबै लेखिएको थियो । हेर्ने अनि कल गरे लामो समय  सम्म कुरा कानी भयो  उहाँ पृष्ठभुमिका    सम्पादक  श्री  सुदर आले  हुनुहुन्थ्यो ।
अको दिन म उहाको अफिस  नै गएर भेट्न्  सफल भय   मैले बिगतका सबै कुरा हरु बताए । राम्रो भयो अब हुने कार्यक्रम मा म तपाई  लाई सरिक गराउने कुरा गर्नु भो  खुसी लागो  र म समय  मिलाएर  सबै सङ रमाउन  पुगे  खुसी लाग्यो  । पछि म जसतै दुख पायका नेपाली  हरु लाई पनि धेरै रहेछन  सबै मेनपावर  ले नै फसाएको  कुरा हरु मात्र  धेरै हुन्थ्यो । सबै सङ परिचित  हुँदै गर्दा विभिन्न  नेपाली  का निमित्त  राहत  हुने काम  काम हरु पनि गर्दै गए सबै को मन मा बाँस पाए खुसी लायो सके  जति सबै लाई सहयोग  गर्ने मौका पाए को छु खुसी लाग्छ । आज त्यो दुख सङग   सामना नगरेको भए सायद यो ठाँउ  मा  पुग्थेन होला । दुख नै सुखको  पत्रिक हो । तेसैले आम  नेपाली दाजु भाइ दिदि बैनी हरु  तपाईं  हरु पनि वैदेशिक  रोजगार  को सिलसिला  मा हुनुहुन्छ भने विशेष  जानकारी  लियर मात्र जानुहोस जीवन दुख मा होइन सुख मा रमाउन्  सिक्नु  होस । त्यो नै तपाई  को लागि सुख को  पल हुने छ ।
आज म धेरै खुसी छु सबै को साथ  पायको छु  आगामी  दिन मा पनि  तपाई  को साथको खाचो छ  मलाई  यो ठाँउ  मा  पु¥याउन सहयोग  गर्ने सबै लाई विशेष  धन्यवाद  दिदै  तपाई  हरु जहाँ हुनुन्छ खुसी साथ रमाउनुहोस मेरो  सन्देश  भन्दै मेरो    स्मरण  कथा  बाट  बिदा हुन्छु  नमस्कार ।

Share This:

Find us on Facebook

One Response to कहाँ पुर्यायो जिन्दगीले…..

  1. हजुरकाे याे लेख पढेर मपनि धेरै मर्महित भय

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रस्तावित ज्वाला प्रकाशन प्रालिद्वारा प्रकाशित धमाका राष्ट्रिय दैनिकका लागि
वरिष्ठ सल्लाहकारद्वय
हरिहर अधिकारी 'श्यामल' र मधुसुधन गिरी,
संस्थापक सल्लाहकार: नमन शाही,
अतिथि सम्पादक: अमर सुनार,
प्रकाशक/सम्पादक: बिष्णु शर्मा,
कार्यकारी सम्पादक: कविराज वि.सी.
सह सम्पादक: कमल शर्मा

हाम्रो फेसबुक पेज


फोन नं. ०८९-४२०४०३/४२०२२१
मो. ९७४८०२०९७७, ९८४८१४१३१३
ई–मेल: news@dhamakadaily.com, 2dailydhamaka@gmail.com
वेबसाइट: www.dhamakadaily.com